• आइतवार, फाल्गुन १६, २०७७
  • | February 28, 2021


कोरोनाबाट आज ३ जनाको मृत्यु


नेपाली अपडेट
शुक्रबार, फाल्गुन ७, २०७७
 

काठमाडाैं, शुक्रवार ७ फागुन

कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। २४ घन्टामा नयाँ संक्रमित ९७ थपिएका छन्।

आज १ सय १४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन्। हालसम्म २ लाख ७३ हजार २ सय ६३ संक्रमित भएपनि २ लाख ६९ हजार ६ सय १९ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १ हजार ५ सय ८३ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ। आजसम्म २१ लाख ३४ हजार २ सय ६१ जनाको पिसीआर परिक्षण भएको छ। त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ६८ रहेको छ।

प्रकाशित भएको : February 19th, 2021

सम्वन्धित समाचारहरु