• सोमवार, अशोज ११, २०७८
  • | September 27, 2021


प्रदेश १ को संसद बैठक बस्दै


नेपाली अपडेट
आइतवार, फाल्गुन ९, २०७७
 

प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दैछ। तर, आजको बैठक सरकारले नै अवरोध गर्ने भएको छ। मुख्यमन्त्री शेरधन राईविरुद्ध संसद् सचिवालयले आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी छ। त्यही भएर नेकपा ओली समूहले बैठक अवरुद्ध गर्ने तयारी गरेको छ।

यसअघि गत माघ २५ को बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो। तर सत्तारुढ नेकपा ओली समूहले नै अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि बैठक स्थगित गरेका थिए।

प्रकाशित भएको : February 21st, 2021

सम्वन्धित समाचारहरु