
मङ्लबार, फाल्गुन ११, २०७७
काठमाडौं, मङ्गलवार ११ फागुन
“जहाँ आवश्यकता त्यहाँ लायन्स” भन्ने मुल नारा लिएर विभिन्न क्षेत्रमा उल्लेखनीय महत्त्वपूर्ण सामाजिक कार्य गर्दै आएको लायन्स क्लब अफ काठमाडौं टि कपनले विद्यालयलाई शैक्षिक खेल सामाग्री प्रदान गरेको छ।
मोरङ, कानेपोखरी गाउँपालिका -६, मुलगाउँ स्थित सरस्वती आधारभूत विद्यालयमा सरस्वती पूजाको अवसरमा आयोजित बिशेष कार्यक्रमका बीच लायन्स क्लब अफ काठमाडौं टि कपनका अध्यक्ष सुरेन्द्र दियालीले ८० हजार मूल्यको खेल सामाग्री हस्तान्तरण गरेका हुन्। उक्त विद्यालयबाट नै बाल्यकालको शिक्षा प्राप्त गरेका दियालीले आफ्नो स्वर्गीय बुबाको स्मृतिमा ५० हजारको अक्षयकोष पनि विद्यालयमा स्थापना गरेकाछन्।
प्रकाशित भएको : February 23rd, 2021