मङ्लबार, फाल्गुन ११, २०७७
काठमाडौं, मङ्गलवार ११ फागुन जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारतको नयाँ दिल्लीस्थित् यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएका छन्। स्वास्थ्योपचारको लागि उनी आइृतबार दिल्ली गएका थिए। भट्टराईका स्वकिय सचिव विश्वदिप पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा यस्तो लेखेका छन्। पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको आज दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा विहान ९ बजेदेखि भर्ना गरिएको छ। आज दिनभर उहाँलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ।
प्रकाशित भएको : February 23rd, 2021