मङ्लबार, फाल्गुन ११, २०७७
काठमाडौं, मङ्गलवार ११ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि बेला संकटकालको सिफारिश गर्ने तयारी गरेका छन्। उनले देशमा उत्पन्न पछिल्लो घटनाक्रमलाई दृष्टिगत गरी संकटकाल लगाउने तयारी गरेका हुन्। प्रतिनिधि सभा विघटनपछि देशमा राजनीतिक अस्थिरता बढिरहँदा प्रधानमन्त्री ओलीले कडा कदम चाल्न सक्ने संकेतहरु गरिरहेका छन्। उनले आजै राष्ट्रिय सुरक्षा परिषदको बैठक डाके। आजै मन्त्रिपरिषदको बैठक पनि डाकेका छन्। सुरक्षा परिषद बैठकलगत्तै मन्त्रिपरिषद बैठक डाक्नुलाई चासोका साथ हेरिएको छ। प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतले आजबाट हेर्दा हेर्दैमा राखेको छ। कुनैपनि दिन फैसला आउनसक्छ।
प्रकाशित भएको : February 23rd, 2021