• सोमवार, अशोज ११, २०७८
  • | September 27, 2021


७०औं जन्मदिनमा प्रधानमन्त्री ओली परिवारसँग मस्त


नेपाली अपडेट
मङ्लबार, फाल्गुन ११, २०७७
 
काठमाडौं, मङ्गलवार ११ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले ७०औं जन्मदिन परिवारसँग मनाएका छन्। बालुवाटारमा उनका परिवारका सदस्य र आफन्त पुगेर जन्मदिनको शुभकामना दिए। ओलीले पिता मोहनप्रसाद ओलीबाट टीका र आशिर्वाद लिए। ससुराली तर्फबाट आफन्तबाट सगुन लिए। नेवार समुदायकी राधिका शाक्यसँग विवाह गरेका ओलीलाई ससुरालीतर्फका आफन्तले सगुनका रुपमा अण्डा, माछा र स्थानीय रक्सी समेत लगेका थिए।
प्रकाशित भएको : February 23rd, 2021

सम्वन्धित समाचारहरु