• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


आज सुनको मुल्य घट्यो


नेपाली अपडेट
बुधबार, फाल्गुन १२, २०७७
 
काठमाडौं, बुधबार १२ फागुन नेपाली बजारमा सुनको मुल्य घटेको छ। आज (बुधबार) सुन तोलामा ३ सय रुपैयाँले घटेको हो। आज छापावाल सुनको मु्ल्य ८९ हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो (मंगलबार) सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, तेजाबी सुनको मुल्य आज ८९ हजार ३५० रुपैयाँ कायम भएको छ। मंगलबार ८९ हजार ६५० रुपैयाँमा खरिद बिक्रि भएको थियो। यसैगरी, चाँदीको मुल्य पनि घटेको छ। महासंघको अनुसार चाँदी आज १३ सय ४५ रुपैयाँमा कारोबार भएको छ। मंगलबार चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा खरिद बिक्रि भएको थियो।
प्रकाशित भएको : February 24th, 2021

सम्वन्धित समाचारहरु