• आइतवार, चैत्र २९, २०७७
  • | April 11, 2021


अदुवाको भाउ घट्यो


नेपाली अपडेट
बुधबार, फाल्गुन १२, २०७७
 
काठमाडौं, बुधबार १२ फागुन अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ। गत वर्ष प्रतिमन ९४० किलो० रु छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन रु एक हजार मात्र हुँदा किसान निरास भएका हुन्। गत वर्ष उल्लेखीय भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन्। गत वर्षमात्र होइन बीउ अदुवाको सिजनमा पनि भाउ उल्लेखीय थियो। पछिल्लो समय भारतीय बजारमा अदुवा सस्तिएसँगै यस वर्ष भाउ कम आएको हो। गत वर्ष अदुवाले मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिकाका किसान गिरिजा खनालले सदाको भन्दा धेरै खेती गर्नुभएको थियो। यस वर्ष ह्वात्तै भाउ घट्दा अदुवाको लागत मूल्यसमेत नउठेको खनाल बताउन्छन्। अदुवाको भाउ सधैँ अस्थिर हुन्छ। एक वर्ष आए अर्का वर्ष नआउने भएकाले सोचेझैँ आम्दानी लिन सकिएको छैन। यहाँ उत्पादन हुने ठूलो परिमाण भारत निकासी हुन्छ। अन्य खेती विस्थापित गरेर अदुवा खेती लगाए पनि श्रम मूल्य नपाउँदा निरास हुनुपरेको फाकफोकथुमकै अर्का किसान गुरुभक्त नेपाल बताउन्छन्।
प्रकाशित भएको : February 24th, 2021

सम्वन्धित समाचारहरु