• शनिबार, अशोज ९, २०७८
  • | September 25, 2021


लोकतान्त्रिक खेलकुद संघ बागमतीको आयोजनामा प्रथम किसुन जी स्मृति राष्ट्रिय खुल्ला हाफ म्याराथुन प्रतियोगिता हुँदै…


नेपाली अपडेट
बुधबार, फाल्गुन १२, २०७७
 
काठमाडौं, बुधबार १२ फागुन नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश समितिद्वारा यहि चैत्र २२ गते शनिवार नेपाली काङ्ग्रेसका संस्थापक सभापति एवं सन्त नेता तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको स्मृतिमा प्रथम किसुन जी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता हुनेभएको छ। प्रथम पटक आयोजना गर्न लागिएको कार्यक्रमलाई भविष्यमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा परिचित गराउने उदेश्य रहेको लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश संयोजक दीपक गुरुङले बताएका छन्। उक्त म्याराथनमा पहिलो हुने महिला र पुरुषलाई जनही २५/२५ हजार, दोस्रो हुनेलाई जनही १५/१५ हजार, तेस्रो हुनेलाई जनही १०/१० हजार र चौथो र पाँचौ हुने खेलाडीलाई जनही ५/५ हजार नगद पुरस्कारका साथमा प्रमाणपत्र प्रदान गरिने आज पत्रकार सम्मेलनका बीच वितरण गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ। काठमाडौं क्षेत्र -४ को गोल्फुटार स्थित बास्केटबल कोर्टबाट दौड शुरु भएर विभिन्न स्थान हुँदै पून: बास्केटबल कोर्टमा नै आएर समापन गरिनेछ। संयोजक दीपक गुरुङले नेपाली राजनीति र खेलकुदको क्षेत्रमा किसुन जी को योगदानलाई स्मरण गर्दै आयोजना गर्न लागिएको कार्यक्रमलाई भव्य रुपमा सफल बनाउनको लागि सहयोगको आग्रह गरेकाछन्।    
प्रकाशित भएको : February 24th, 2021

सम्वन्धित समाचारहरु