• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


महिला लघुवित्तको आईपिओ भोली बाँडफाँट हुने


नेपाली अपडेट
बिहिबार, फाल्गुन १३, २०७७
 
काठमाडौं, बिहिबार १३ फागुन महिला लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयरको बाँडफाँड भोली (शुक्रवार) गर्ने भएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार संस्थाको आईपिओ शुक्रवार बाँडफाँट गर्ने तयारी गरेको हो। महिला लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर बिक्रि खुल्ला गरेको थियो। हाल संस्थाको चालु पुँजी १० लाख रहेकोमा उक्त पुँजीको ४० प्रतिशत हुन आउने ४ करोड बराबरको ४ लाख कित्ता शेयर निष्कासन गरेको हो। त्यसमध्ये ०.५ प्रतिशत वा ५ हजार कित्ता शेयर कर्मचारीहरुलाई ५ प्रतिशत वा २० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि र बाकी रहेको ३ लाख ७५ हजार कित्ता साधारण शेयर छुट्टाएको थियो।
प्रकाशित भएको : February 25th, 2021

सम्वन्धित समाचारहरु