• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


मनकामना मन्दिरबाट तीन लाखका सामग्री चोरी


नेपाली अपडेट
बिहिबार, फाल्गुन १३, २०७७
 

काठमाडौं, बिहिबार १३ फागुन

बागलुङको तित्याङस्थित मनकामना मन्दिरमा चोरी भएको छ। अज्ञात समूहले हिजो राति मन्दिरमा रहेका लाखौं मूल्यका सामग्री चोरी गरेको हो। बागलुङ नगरपालिका–९ तित्याङको स्वामी डाँडास्थित मन्दिरबाट रु तीन लाख बराबरको सामान चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिए।

मन्दिरको ढोका अघि राखिएको २५ किलोको एक थान, १० किलोको एक थान र ७ वटा अन्य साना घण्टी चोरी भएको अध्यक्ष थापाले बताउनुभयो। उहाँका अनुसार मूर्ति ढाकेको तामाको पाता, १० हजार नगद, तीस वर्षदेखि चढाउँदै आएको सिक्का पैसा, तामाको अङ्खोरा चोरी भएको छ। पुजारीले बुधबार साँझ पूजा गरेर गएपछि मन्दिरमा चोरी भएको बताइएको छ। आज बिहान जाँदा मन्दिरका सामग्री चोरी भएको पाइएको पुजारीले जानकारी दिए।

शौचालयको ताला फोरेर भित्र तोडफोड गरिएको छ। चोर्न आउने व्यक्तिले मन्दिरमा रुमाल छोडेको बताइएको छ। चोर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए।

प्रकाशित भएको : February 25th, 2021

सम्वन्धित समाचारहरु