• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


लो बिट गर्ने काम लिने तर समयमै सम्पन्न नगर्ने चलनले जनतालाई दु:ख भएको छ


नेपाली अपडेट
बिहिबार, फाल्गुन १३, २०७७
 

काठमाडौं, बिहिबार १३ फागुन

नेपाली काङ्ग्रेसका युवा नेता, पूर्व स्वास्थ्य मन्त्री तथा संघीय सभा सदस्य गगन कुमार थापाले सरकारी निकायबाट आह्वान गर्ने टेन्डर प्रक्रियामा लो बिट गर्ने चलनले जनताले दु:ख पाएको बताएका छन्।

बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, ११ र १२ आनिगुम्बा- साततले खहरेको कारण उत्पन्न डुबान समस्या समाधानका लागि शहरी विकास प्राधिकरणद्वारा आह्वान भएको टेन्डर र अन्य विकासका गतिविधिको बारेमा स्थानीय वासीलाई जानकारी दिन आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा माननीय थापाले उक्त कुरा बताएका हुन्।

नेपाल सरकारले गर्ने हरेक विकास निर्माणका कार्यको लागि स्टिमेट गरेर आह्वान गरिएको टेन्डर रकम भन्दा आफ्नो कम्पनीको नाममा टेन्डर पार्नको लागि भएपनि धेरै कम रकम राखेर टेन्डर हाल्ने अनि समयमै काम सम्पन्न नगर्ने, १ बर्षको समयावधि भएपनि ३/४ बर्षसम्म काम सम्पन्न नगर्ने परिपाटीले गर्दा जनताले दु:ख पाएको बताएका थिए।

सडक विभागले आह्वान गरेर दिएको कपन क्षेत्रको बाटो निर्माणको टेन्डर त्यसको उदाहरण भएको र त्यसकै कारण कपन क्षेत्रका जनताले सास्ती खेप्नु परेको पनि थापाले बताए। उपत्यका विकास प्राधिकरणद्वारा भर्खरै आह्वान गरिएको ४५ करोडको टेन्डरमा हतार नगर्न र योग्य काम गर्नसक्ने कम्पनीलाई मात्रै काम दिनुपर्नेमा जोड दिदै उपत्यका विकास प्राधिकरणका योजना प्रमुख खेम जोशीलाई आग्रह गरेकाछन्। यस क्षेत्रको विकास निर्माणका काम गर्दा स्थानीयवासी र जनप्रतिनिधिलाई महत्त्वका साथ जानकारी गराएर साथमा लिएर गर्न उनले योजना प्रमुख जोशीलाई निर्देशन दिएकाछन्।

प्रकाशित भएको : February 25th, 2021

सम्वन्धित समाचारहरु