• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


पारपाचुके गर्न नपाइने देश


नेपाली अपडेट
शुक्रबार, फाल्गुन १४, २०७७
 

विश्वभरका अलग अलग देशमा पारपाचुके अर्थात् डिभोर्सका विषयमा आआफ्नै परम्परा, नियम र कानुन छन् । तर फिलिपिन्स विश्वको एकमात्र यस्तो देश हो, जहाँ डिभोर्सको कुनै व्यवस्था छैन । खासमा फिलिपिन्स क्याथोलिक देशका समूहको एक हिस्सा हो । क्याथोलिक चर्चका कारण फिलिपिन्समा डिभोर्सको कुनै प्रावधान छैन ।

सन् २०१५ मा पोप फ्रान्सिस फिलिपिन्स गएका बेला उनले त्यहाँका धर्मगुरुसँग डिभोर्सको प्रावधान राख्न अपिल गरे । तर फिलिपिन्समा ‘डिर्भोसी क्याथोलिक’ हुनु अपमानजनक मानिने भएकाले उक्त कुरा स्वीकार गरिएन । फिलिपिन्सका इसाई धर्मगुरुले पोप फ्रान्सिसको अपिल मानेनन् । उनीहरु विश्वभरमा फिलिपिन्स डिभोर्स नहुने एक मात्र देश बनेकोमा गर्व गर्छन् ।

प्रकाशित भएको : February 26th, 2021

सम्वन्धित समाचारहरु