• बुधबार, माघ १२, २०७८
  • | January 26, 2022


सेभिया २–० ले पराजित


नेपाली अपडेट
आइतवार, फाल्गुन १६, २०७७
 
काठमाडौं, आइतवार १६ फागुन स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ। सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र ओस्माने डेम्बेलेले एक एक गोल गरे। जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले २५ खेलबाट ५३ अंक जोडेको छ। दुई खेल कम खेलेको एट्लेटिको मड्रिडको ५५ अंक छ भने २४ खेलबाट ५२ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा झरेको छ। ला–लिगाका अन्य खेलहरुमा ओसासुनाले डेपोर्टीभो आलाभेजलाई १–० ले हराउँदा लेभान्ते र एथ्लेटिक बिल्बाओ तथा आइबार र हुएस्काले एक एक गोलको बराबरी खेलेका छन्।
प्रकाशित भएको : February 28th, 2021

सम्वन्धित समाचारहरु