• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


रघु पन्त प्रवृत्तिविरुद्ध जनता र अदालतमा जान्छुः कोमल वली


नेपाली अपडेट
आइतवार, फाल्गुन १६, २०७७
 
काठमाडौं, आइतवार १६ फागुन सांसद कोमल वली नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य रघुजी पन्तविरुद्ध अदालत जाने भएका छन्। उनले वलीको नामै तोकेर अपमानजजनक अभिव्यक्ति दिएका थिए। त्यसविरुद्ध वली अदालत जाने भएकी हुन्। रिपोर्टर्स नेपालसँग कुरा गर्दै सांसद वलीले आफू महिलाविरुद्ध हुने कुनैपनि हिंसाविरुद्ध लड्दै आएको बताइन्। उनले भनिन्,‘यो मेरोविरुद्ध नभई समग्र महिलाविरुद्धको आक्रमण हो।’ न्यायका लागि आफू जनता र अदालत दुवैसम्म जाने बताइन्। उनले भनिन्,‘म अदालत जान्छु।’ पन्तले कोमल वली पिंडुला देखाएर पदमा पुग्न सफल भएको अभिव्यक्ति दिएपछि आक्रामक बनेकी हुन्। उनले सामाजिक सञ्जालमा पन्तको नामै तोकेर लेखेकी छिन्, हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल आएर खुलेको छ। उनले पन्तलाई महिला नेतृहरु को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्न सफल भएको हो ? भनी प्रश्न गरेकी छिन्।
प्रकाशित भएको : February 28th, 2021

सम्वन्धित समाचारहरु