• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


एमाले ब्युँतिए ओली नै प्रधानमन्त्री


नेपाली अपडेट
आइतवार, फाल्गुन १६, २०७७
 
काठमाडौं, आइतवार १६ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीको नेकपा एमाले ब्युँताउने चाहना विगतमा नै देखिएको हो। नेकपाभित्र विवाद चर्कँदै जाँदा ओली निकटस्थले नेकपा एमाले निर्वाचन आयोगमा दर्ता गराएका थिए। एमाले आयोगमा दर्ता गर्न पुगेकाहरु सांसद महेश बस्नेतसँग नजिक रहेकाहरु नै थिए। यो देखेर ओलीमाथि प्रचण्डले एमाले ब्युँताउन खोजेको आरोप लगाएका थिए। अहिले ऋषि कट्टेलले नेकपा नाम जुधेकोबारे निर्वाचन आयोगविरुद्ध दायर मुद्दामा फैसला आउँदैछ। २० फागुनमा यसउपर फैसला आउन लागेको छ। कट्टेलको पक्षमा फैसला आएमा नेकपा एमाले र माओवादी केन्द्र ब्युँतन सक्छ। यस्तो अवस्थाको चाहना स्वयं ओलीले पनि राखेको संकेतहरु मिल्न थालेको छ।
प्रकाशित भएको : February 28th, 2021

सम्वन्धित समाचारहरु