• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


अविश्वासको प्रस्ताव ल्याएर हटाउन प्रधानमन्त्री ओलीको चुनौती


नेपाली अपडेट
आइतवार, फाल्गुन १६, २०७७
 
काठमाडौं, आइतवार १६ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्। उनले आफू फेरि दुई तिहाई लिएर आउने दाबी समेत गरे। ‘ओलीलाई हटाएर देखाउनुहोस्, अविश्वासको प्रस्ताव ल्याउनुहोस् र हटाउनुहोस्,’ आज झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासपछिको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘हटाउन सक्नुभएछ भने पनि दुई तिहाई लिएर आउँछु।’ ओलीले लोकतन्त्रलाई तलमाथि हुन नदिइने बताए। तर, संविधान परिमार्जन हुनसक्ने बताए। उनले भने, ‘संविधानको मर्म र भावना विपरितको काम हुँदैन।’ ओलीले ५० वर्ष अघि आजकै दिन जेल परेको स्मरण गरे।
प्रकाशित भएको : February 28th, 2021

सम्वन्धित समाचारहरु