• शनिबार, अशोज ९, २०७८
  • | September 25, 2021


प्रचण्ड–माधव समूह रणनीति बनाउँदै


नेपाली अपडेट
सोमवार, फाल्गुन १७, २०७७
 
काठमाडौं, सोमबार १७ फागुन नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले भावी रणनीति बनाइरहेको छ। प्रतिनिधि सभा पुनःस्थापना भएपछि कसरी अगाडि बढ्नेबारे उक्त समूहले छलफल बढाएको हो। आज सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ बसेर छलफल गरेका छन्। उनीहरुले २३ फागुनमा प्रतिनिधि सभा बैठक डाकिने भएकाले रणनीति बनाउन छलफल चलाएका हुन्। आजको बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक डाक्ने निर्णय गरेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक छिट्टै डाक्ने तय गरेको बताए। तर, उनले मितिबारे उल्लेख गरेनन्। बैठक गरेपछि नेकपा प्रचण्ड माधव समूहले भावी रणनीति तय गर्ने भएको छ। नेकपा विभाजन भएपनि कानुनी रुपमा एक छ। तर, कानुनी रुपमा संसदीय दलको नेता केपी शर्मा ओली भएकाले उनलाई हटाउन प्रचण्ड माधव समूह सकिरहेको छैन। उनीहरु ओलीको राजीनामा मागिरहेका छन्। तर, ओली राजीनामा नदिने संसदको सामना गर्ने बताइरहेका छन्।
प्रकाशित भएको : March 1st, 2021

सम्वन्धित समाचारहरु