• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


अविश्वासको प्रस्ताव प्रचण्डका लागि जोखिम


नेपाली अपडेट
सोमवार, फाल्गुन १७, २०७७
 
काठमाडौं, सोमबार १७ फागुन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका लागि नाम सिफारिश गरेर संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव छ। यो प्रस्ताव संसदको कार्यसूचीमा रहने या नरहने २३ फागुनमा प्रतिनिधि सभा बैठक बसेपछि थाहा हुन्छ। अविश्वासको प्रस्तावलाई सक्रिय या निष्कृय बनाउने प्रचण्ड समूहकै हालतमा छ छ। प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरी दर्ता भएको यो प्रस्ताव सक्रिय हुने सम्भावना कमजोर छ। त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाउन चुनौती दिइरहेका छन्। संविधानको धारा १०० (४) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्यहरु मध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रुपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछन्। यही धारा टेकेर ५ पौषमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो। धारा १०० को उपधारा (५) बमोजिम अविश्वासको प्रस्ताव पेश गर्दा प्रधानमन्त्रीका लागि प्रस्तावित सदस्यको नाम समेत उल्लेख गरेको हुनुपर्ने व्यवस्था छ। संविधानको धारा बमोजिम अविश्वासको प्रस्ताव दर्ता गर्दा प्रतिनिधि सभा सदस्यको नाम उल्लेख गर्नुपर्ने भएबमोजिम प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिएको थियो। यो अविश्वासको प्रस्ताव अगाडि बढेमा प्रचण्डलाई कानुन त एकीकृत अवस्थाको नेकपाको साथ हुनुपर्छ। नेकपा विभाजित अवस्थामा गएमा अविश्वासको प्रस्तावको पक्षमा बहुमत पुग्ने गरी मात्र अगाडि बढ्नसक्ने देखिन्छ। अविश्वासको प्रस्ताव असफल भएमा अबको एक वर्षभित्र ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न मिल्दैन। त्यसको अर्थ ओली पूर्ण कार्यकाल नै प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ। यसकारण पनि प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरी दर्ता गरिएको अविश्वासको प्रस्ताव जोखिमयुक्त देखिन्छ।
प्रकाशित भएको : March 1st, 2021

सम्वन्धित समाचारहरु