• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


अविश्वासको प्रस्तावबाट प्रचण्ड ब्याक हुने


नेपाली अपडेट
सोमवार, फाल्गुन १७, २०७७
 
काठमाडौं, सोमबार १७ फागुन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका लागि नाम सिफारिश गरेर संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव अगाडि नबढाइने भएको छ। प्रस्ताव दर्ता गर्ने नेकपाको दाहाल–नेपाल समूह नै यसलाई निस्तेज पारेर नयाँ ढंगले बढ्ने तयारीमा छ। २३ फागुनमा प्रतिनिधि सभा बैठक बसेपछि अविश्वासको प्रस्ताव अगाडि बढ्ने या नबढ्ने टुंगो लाग्छ। विश्वस्त स्रोतका अनुसार सभामुख अग्निप्रसाद सापकोटोले नै यो प्रस्तावलाई नबढाउने गरी प्रक्रिया मिलाउने छन्। तर, अर्को अविश्वासको प्रस्ताव ल्याउने तयारी समेत भएको छ।
प्रकाशित भएको : March 1st, 2021

सम्वन्धित समाचारहरु