• शनिबार, अशोज ९, २०७८
  • | September 25, 2021


नेविसंघ कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने महामन्त्री तिमल्सिनाको चेतावनी


नेपाली अपडेट
मङ्लबार, फाल्गुन १८, २०७७
 
काठमाडौं, मंगलवार १८ फागुन पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघनिकट विद्यार्थी नेताहरु पक्राउ परेका घटनाप्रति नेबिसंघ केन्द्रीय समितीले बिरोध जनाएको छ। आज नेकपा ओली समूहको प्रदेशस्तरीय प्रशीक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा पुगेका प्रधानमन्त्री ओलीलाई नेविसंघमा आवद्ध विद्यार्थीहरुले कालो झण्डा देखाउने प्रयास गरेका थिए। प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने क्रममा पोखराको नदीपुरबाट नेविसंघका प्रताव बानियाँ, अशिम सुवेदी, सन्देश ठकुरी, रमेशचन्द्र जैसी र नसिब गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघका अध्यक्ष राजिब ढुंगानाले बिज्ञप्तिमार्फत जानकारी दिए।
प्रकाशित भएको : March 2nd, 2021

सम्वन्धित समाचारहरु