मङ्लबार, फाल्गुन १८, २०७७
काठमाडौं, मंगलवार १८ फागुन बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। बहुविवाह मुद्दाका फरार प्रतिवादी मेचीनगरमन बस्ने ३० वर्षीय तोयानाथ अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत झापाको २०७१ भदौ ३० गतेको फैसलाले बहुबिवाह मुद्दामा १ वर्ष ६ महिना कैद र १० हजार रुपैयाँ जरिवा ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रकाशित भएको : March 2nd, 2021