मङ्लबार, फाल्गुन १८, २०७७
काठमाडौं, मंगलवार १८ फागुन जेष्ठ नागरिक ग्रामका परिकल्पनाकार तथा सामाजिक अभियानता मित्रसेन दाहालको स्मृतिमा ५ करोडको अक्ष्यकोष घोषणा भएको छ। सामाजिक अभियानमा सक्रीय रहँदा रहँदै हृदयघातबाट मृत्यु भएपछि स्वर्गीय दाहालको १२ औं पुन्य तिथिमा अक्ष्यकोष घोषणा गरिएको हो। दाहालको गत फागुन ७ गते ५८ वर्षको उमेरमा निधन भएको थियो। मित्रसेन दाहालको बहुआयामिक व्यक्तित्वलाई चीरस्थायी बनाई राख्न र मैत्री सेवा आश्रमसहित अन्य विविध सामाजिक कार्यलाई सहयोग पुर्याउन कोषको रकमबाट आएको आम्दानी खर्चने कोष संचालक समितिले जनाएको छ। दर्जनौ सामाजिक संस्थामा आवद्धता, हजारौ विद्यार्थीलाई छात्रबृति सहयोग गरेको मित्रसेन दाहालले मृगौला प्रत्यारोपण पछि मैत्री सेवाश्रम नामक जेष्ठ नागरिक ग्रामको सुरुवात गरेका थिए। मृगौला प्रत्यारोपणपछि पाएको जीवनलाई बोनसको जीवन बताउने दाहालले करिव एक दलकमै काठमाडौंका लव्सेफेदीमा ३३ वटा घरसहितको जेष्ठ नागरिक ग्राम स्थापित गरेका थिए। थप सय रोपनी जमिनमा अझ धेरै सुविधासम्पन्न ग्राम निर्माणको योजना भने दाहालको निधनसँगै अलपत्र परेको छ। अक्षयकोष संचालक समितिले कोषको नाम ’मित्रसेन दाहाल ज्येष्ठ नागरिक सेवा कोष’ नामाङकन गरेको छ। कोषमा प्राथमिक चरणमा परिवारका सदस्यहरूसहित सुभचिन्तकहरुले स्थापनाकै दिन करिव सवा ५५ लाखको योदान दिएका छन्। भाइ तथा जेपी प्रतिष्ठानका संचालक हरि दाहालबाट ११ लाख ११ हजार एक सय ११ तथा मित्रसेन दाहालकी धर्मपत्नी शकुन्तला दाहालबाट ५ लाख ५५ हजार ५५५ रुपैया योगदान गरेका छन् भने अन्य सहयोगिहरुको योगदानबाट मंगलबार नै कोषमा ५५ लाख २१ हजार ८ २१ रुपैया जम्मा भएको छ। दाहालको मैत्री सेवाश्रम नामक जेष्ठ नागरिक ग्रामको सोच नेपालका लागि नविन सोच भएको भन्दै नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत समेटेको थियो। २०६९ सालमा नेपाल सरकारको नीति तथा कार्यक्रममा नै समेटेर पाँच विकास क्षेत्रमा जेष्ठ नागरिक ग्राम निर्माण गर्ने घोषणा गर्दा तात्कालिन मध्यामाञ्चल विकास क्षेत्रका लागि दाहालले ६६ सालबाट नै सुरुवात गरेको काठमाडौंको लब्से फेदिमा रहेको मैत्री सेवाश्रम छनौट भएको थियो। सरकारको घोषणा अनुसार केही सहयोग गरेपनि करिव अर्व रकम बराबरको परियोजना दाहाल आफै विभिन्न क्षेत्रको सहयोगमा निर्माण गरेका थिए। काठमाडौंको लव्सेफेदिमा दाहालले निर्माण गरेको मैत्री सेवाश्रम सोसल वर्क विषयका विद्यार्थी, समाजसेवाको अनुसन्धान तथा अध्ययनमा रुचि राख्नेहरु तथा आफै समाजसेवामा सहागि हुनेहरुका लागि गन्तव्य बनेको छ। मैत्री सेवाश्रममा आश्रित जेष्ठ नागरिकहरु दाहालको अनुपस्थितिमा अविभावक विहिन नबनुन् भन्ने उद्धेश्यबाट कोषको स्थापना भएको हो।
प्रकाशित भएको : March 2nd, 2021