बुधबार, फाल्गुन १९, २०७७
काठमाडौं, बुधवार १९ फागुन
नेपाली सेनाले पृतनापति सम्मेलन आजदेखि सुर गर्ने भएको छ। तीन दिनसम्म चल्ने सो सम्मेलनमा मुलुकको समग्र सुरक्षा अवस्थाको बारेमा छलफल हुने सेनाले जनाएको छ।
महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर आयोजना गरिएको सम्मेलन आजदेखि शुरु हुने भएको हो ।सम्मेलनमा सबै पृतनापतिले मुलुकको पछिल्लो सुरक्षा अवस्थाका बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ। सम्मेलनमा आगामी दिनमा सेनाले लिनुपर्ने रणनीतिको बारेमा समेत छलफल हुने बताइएको छ।
प्रकाशित भएको : March 3rd, 2021