बुधबार, फाल्गुन १९, २०७७
काठमाडौं, बुधवार १९ फागुन
नेपाल वितरक संघको २० औं साधारणसभा यहि फाल्गुन २२ गते शनिवार हुनेभएको छ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा हुन लागेको साधारणसभामा उपत्यकाका ५५० जनाको सहभागिता रहने छ। उक्त कुरा नेपाल वितरक संघका सूचना तथा प्रविधि संयोजक लोकेश्वरमान जोशीले जानकारी दिएका हुन् । साधारणसभा बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा बिहान ११:०० बजेदेखि हुने र उपस्थितिका लागि सम्पूर्ण सरोकारवाला र सदस्यहरुलाई जोशीले अनुरोध गरेकाछन्।
प्रकाशित भएको : March 3rd, 2021