• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने, देउवाले भावी कदमबारे जानकारी गराउने


नेपाली अपडेट
बुधबार, फाल्गुन १९, २०७७
 
काठमाडौं, बुधवार १९ फागुन नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ। बैठक उक्त दिन दिउँसो १ बजे बस्ने सचेतक पुष्पा भुषालले जानकारी दिएकी छिन्। प्रतिनिधि सभा बैठक २३ फागुनमा बस्नुअघि काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो। बैठकमा संसदीय दलका नेता समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी कदमबारे जानकारी गराउनेछन्। काँग्रेसले अब खेल्ने भूमिकाले भावी प्रधानमन्त्रीको समेत टुंगो लाग्नेछ। अहिले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव आइरहेको छ। उनी पर्ख र हेरको अवस्थामा छन्। देउवालाई प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलिसकेको छ। तर, उनी प्रचण्ड र नेपालभन्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समिकरण बनाएर जान चाहिरहेका छन्। अहिले प्रतिनिधि सभामा कानुनी रुपमा विभाजित नभएको नेकपाको १७४ सिट छ। काँग्रेसको ६३ सिट छ। नेकपा कानुनी रुपमा विभाजित भएमा काँग्रेस निर्णायक शक्ति बन्न सक्छ। त्यतिबेला देउवा प्रधानमन्त्री बन्ने दाउमा छन्। तर, उनलाई पार्टीभित्रबाट वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले चुनौती दिनसक्ने संकेतहरु देखिएका छन्।
प्रकाशित भएको : March 3rd, 2021

सम्वन्धित समाचारहरु