• आइतवार, चैत्र २९, २०७७
  • | April 11, 2021


बूढानीलकण्ठ नगरपालिकाको कोभिड-१९ विरुद्ध खोप लगाउने बारेको सूचना


नेपाली अपडेट
बुधबार, फाल्गुन १९, २०७७
 
काठमाडौं, बुधवार १९ फागुन कोभिड-१९ कोरोना विरुद्धको खोप लगाउने बारेको बूढानीलकण्ठ नगरपालिकाको यो सूचना प्रकाशित गरिएको छ। फाल्गुन २३ गते आईतवारदेखि शुरु हुने दोस्रो चरणको खोप अभियानमा ५५-७५ उमेर समूहका जेष्ठ नागरिक, सामुदायिक तथा निजी विद्यालयका शिक्षक कर्मचारी, जन प्रतिनिधि, सार्वजनिक यातायातका चालक र सहचालक लगायत छुट भएका सरसफाइकर्मीलाई खोप लगाईने बूढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहालले जानकारी दिएकाछन्। वडा नं १,२,३,४,५,६,७,९, मा बसोबास गर्नेहरुको लागि सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारीमा खोप लगाउने व्यवस्था गरिएको छ भने सम्पर्कको लागि जनस्वास्थ्य अधिकृत प्रतिमा खरेललाई तोकिएको छ। त्यस्तै वडा नं. ८,१०,११,१२ र १३ मा बसोबास गर्नेहरुको लागि करुणा अस्पताल चुनिखेलमा खोप लगाउने व्यवस्था मिलाईएको छ। सम्पर्कको लागि जनस्वास्थ्य अधिकृत उपमा दाहाल पोखरेललाई तोकिएको छ।
प्रकाशित भएको : March 3rd, 2021

सम्वन्धित समाचारहरु