• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


एकैदिन सुन तोलामा १ हजारले घट्यो


नेपाली अपडेट
बिहिबार, फाल्गुन २०, २०७७
 
काठमाडौं, बिहिबार २० फागुन आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज (बिहीबार) सुन प्रतितोलामा १ हजार रुपैयाँले घटेको हो। आज छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज तेजाबी सुन प्रतितोला आज ८६ हजार ५० रुपैयाँ कारोबार भएको छ । बिहीबार चाँदीको मुल्य पनि घटेको छ। आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। हिजो चाँदी २५ रुपैयाँले बृद्धि भई प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको थियो।
प्रकाशित भएको : March 4th, 2021

सम्वन्धित समाचारहरु