• शनिबार, अशोज ९, २०७८
  • | September 25, 2021


वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइनेछ


नेपाली अपडेट
बिहिबार, फाल्गुन २०, २०७७
 
काठमाडौं,बिहिबार २० फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने बताएका छन्। उनले एक सयबाट शुरु भएको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको उल्लेख गर्दै छिट्टै ५ हजार पुर्याइने बताएका हुन्। बिहिबार सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गरेपछि सम्बोधनका क्रममा ओलीले भने,‘वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने छ।’ तत्कालीन नेकपा एमालेले सुर्य चुनाव लड्दा घोषणापत्रमा वृद्धभत्ता ५ हजार पुर्याइने उल्लेख गरेको थियो। तर, सरकार बनेको तीन वर्ष बितिसक्दा पनि पाँच हजार नपुर्याइएकोमा आलोचना भएको थियो।
प्रकाशित भएको : March 4th, 2021

सम्वन्धित समाचारहरु