• बिहिबार, साउन १४, २०७८
  • | July 29, 2021


नेकपाको कानुनी विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय, पोखरेल र भुषालबीच भेटवार्ता


नेपाली अपडेट
बिहिबार, फाल्गुन २०, २०७७
 
काठमाडौं,बिहिबार २० फागुन नेपाल कम्युनिस्ट पार्टीको कानुनी विभाजन रोक्न दोस्रो पुस्ताका नेताहरु सक्रिय भएका छन्। प्रधानमन्त्री केपी शर्मा शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहका दोस्रो पुस्ताका नेताहरु कानुनी विभाजन रोक्ने अन्तिम प्रयासमा सक्रिय भएका हुन्। आज ओलीका विश्वासपात्र मानिने स्थायी कमिटी सदस्य शंकर पोखरेल र प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य घनश्याम भुषालबीच भेटवार्ता भएको छ। दुवैले पार्टीको कानुनी विभाजन रोक्ने मिलनबिन्दुबारे छलफल गरेका थिए।
प्रकाशित भएको : March 4th, 2021

सम्वन्धित समाचारहरु