
शुक्रबार, फाल्गुन २१, २०७७
काठमाडौं, शुक्रबार २१ फागुन नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव नवलपरासीबाट विहानै सार्वजनिक भए। उनी सडकमार्ग हुँदै काठमाडौं आइपुग्दैछन्। प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले आज अपरान्ह संयुक्त रुपमा सम्बोधन कार्यक्रम छ। शान्तिपूर्ण राजनीतिक मूलधारमा आएपछि विप्लवको अबको भूमिकाबारे चासो बढेको छ। विप्लव समूहलाई प्रधानमन्त्री ओलीले सरकारमा लाने तयारी समेत गरेको बुझिएको छ। त्यसबारे आन्तरिक छलफल चलिरहेको छ। ओली विप्लव समूहलाई सरकारमा लान तयार देखिएका छन्। उनलाई शान्ति प्रक्रियामा ल्याउनु विप्लवको ठुलो उपलब्धि मानिएको छ। त्यसकारण पनि उनी विप्लवलाई सरकारमा सामेल गराएर राजनीतिलाई अर्को मोडमा लान चाहिरहेका छन्।
प्रकाशित भएको : March 5th, 2021