
शुक्रबार, फाल्गुन २१, २०७७
काठमाडौं, शुक्रबार २१ फागुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह आजपनि निर्वाचन आयोग जाने भएको छ । दल विवाद समाधानमा आयोगले ढिलाई गरिरहेको यो समूहको गुनासो छ। आज अपरान्ह संसदीय दलको बैठक बस्ने र बहुमत सांसदहरुको हस्ताक्षरसहित यो समूह निर्वाचन आयोग जाने भएको छ।एक सांसदले दिएको जानकारीअनुसार आज दिँउासे १ बजे संसदीय दलको बैठकपछि उपस्थित सांसदको हस्ताक्षर लिएर राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, दिनानाथ शर्मा लगायतका नेताहरू आयोगको कार्यालय जाने भएका हुन्। यसअघि हिजोपनि यो समूहका नेताहरु केन्द्रीय कमिटीले गरेका पछिल्ला निर्णय बोकेर आयोगको कार्यालय पुगेका थिए। हिजोमात्रै, नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेटवार्ता गरेका थिए।
प्रकाशित भएको : March 5th, 2021