• शनिबार, अशोज ९, २०७८
  • | September 25, 2021


बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने


नेपाली अपडेट
शुक्रबार, फाल्गुन २१, २०७७
 

काठमाडौं, शुक्रबार २१ फागुन

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिएका छन्। सिमरा विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले काँग्रेसलाई सरकारमा जान हतार नगरी विद्यमान सङ्कटलाई निकास दिनतिर भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।

नेता सिंहले विधिको शासन कायम गर्न र प्रेस स्वतन्त्रतालाई मजबुत गर्नका लागि पनि काँग्रेसले प्रतिपक्षको भूमिका दरिलो रुपमा प्रस्तुत गर्नुपर्ने सुझाव व्यक्त गरे। उनले पार्टीमा देखिएको गुटपउगुटलाई चिरी एकता निर्माण गर्नका लागि सबैको पहल हुनुपर्नेमा जोड दिए।

प्रकाशित भएको : March 5th, 2021

सम्वन्धित समाचारहरु