• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


पूर्वराजा ज्ञानेन्द्र शाह दार्जिलिङमा के गर्दैछन् ?


नेपाली अपडेट
आइतवार, फाल्गुन २३, २०७७
 
काठमाडौं, आइतवार २३ फागुन पूर्वराजा ज्ञानेन्द्र शाह अहिले दार्जिलिङमा छन् । उनी पूर्वरानी कोमल र आफन्तसहित २० फागुनमा दार्जिलिङ पुगेका हुन् । पहाडकी रानी भनेर चिनिने दार्जिलिङमा शाह परिवार र आफन्तसँग समय बिताइरहेका छन् । दार्जिलिङका पुराना साथीहरुसँग पनि भेटघाट गर्न थालेको बुझिएको छ । दार्जिलिङस्थित सेन्ट जोसेफ स्कुलमा पनि पूर्व राजा शाह पुगेका छन् । उनी उक्त स्कुलका पूर्व विद्यार्थी हुन् ।पूर्व राजाको साथमा पूर्वरानी कोमल पनि छिन् । पूर्वराजाकी छोरी प्रेरणा पनि साथमा छिन् । धीरेन्द्रका छोरीहरु पुजा, दिलासा र शिताष्मा पनि दार्जिलिङमा पुगेका छन् । उनकी बहिनी शोभा शाही पनि भ्रमण दलमा छिन् । यसबाहेक पूर्वराजाका आफन्तहरु पनि दार्जिलिङमा छन् । यसपटक परिवार र आफन्तको ठुलो संख्या पूर्वराजासँग दार्जिलिङ पुगेको छ ।
प्रकाशित भएको : March 7th, 2021

सम्वन्धित समाचारहरु