• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


दाहाल–नेपालले सभामुखसँग परामर्श गरे


नेपाली अपडेट
आइतवार, फाल्गुन २३, २०७७
 
काठमाडौं, आइतवार २३ फागुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेताहरुले सभामुख अग्नि प्रसाद सापकोटासँग परामर्श गरेका छन् । संसद बैठक बस्नुभन्दा अघि उनीहरुले आज सभामुखको कार्यकक्षमा परामर्श गर्न पुगेका थिए । सभामुख सापकोटासँगको परामर्शमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपाल, तथा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव प्रसाद गुरुङ र सुरेन्द्र पाण्डे सहभागी थिए । संसद्को बैठक आज अपरान्ह ४ बजे बस्दैछ । सभामुखले नेकपाको संसदीय दलको नेता कसलाई मान्यता दिने हो ? भन्ने अन्यौल छ । दाहाल–नेपाल समूहले दलको नेतामा प्रचण्डलाई चयन गरेको छ ।
प्रकाशित भएको : March 7th, 2021

सम्वन्धित समाचारहरु