• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


संसदमा को कुन लहरमा


नेपाली अपडेट
आइतवार, फाल्गुन २३, २०७७
 
काठमाडौं, आइतवार २३ फागुन प्रतिनिधि सभा ब्युँतिएपछि पहिलोपटक बस्न लागेको बैठकमा को कुन लहरमा बस्ने भन्ने चासोको विषय बनेको छ । वैधानिक रुपमा नेपाल कम्युनिस्ट पार्टी विभाजित नभएकाले सत्तापक्षको लहरमा नेकपाका १७३ सांसद बस्नेछन् । सभामुख अग्निप्रसाद सापकोटा सहित नेकपाका १७४ सांसद छन् । नेकपाका सबै सांसद एउटै लहरमा बस्ने हो भने संसदीय दलको नेताको सिटमा प्रधानमन्त्री केपी शर्मा ओली या पुष्पकमल दाहाल प्रचण्ड को बस्ने ? यो चासोको विषय बनेको छ । वैधानिक रुपमा ओली नै संसदीय दलको नेता हुन् । त्यही पदले उनी प्रधानमन्त्री बनेका हुन् । तर, दाहाल नेपाल पक्षले प्रचण्डलाई संसदीय दलमा चयन गरिसकेका छन् । संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ छन् । तर, दाहाल नेपाल समूहले नेम्वाङलाई कारबाही गरिसकेको छ ।
प्रकाशित भएको : March 7th, 2021

सम्वन्धित समाचारहरु