• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


नेपाल वितरक संघको २०औं साधारणसभा ऐतिहासिक रूपमा सम्पन्न


नेपाली अपडेट
आइतवार, फाल्गुन २३, २०७७
 
काठमाडौं, आइतवार २३ फागुन नेपाल उद्योग बाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा नेपाल वितरक संघको २०औं साधारणसभा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। नेपाल वितरक संघका अध्यक्ष राजेन्द्र सिंखडाको अध्यक्षतामा बत्तीस पुतलीस्थित अनुपम फुडल्याण्डमा महासचिवको प्रतिवेदन र कोषाध्यक्षको करिब १५ लाख नाफा बचतको जानकारीसहितको प्रतिवेदन पारित गर्दै पहिलो बन्दसत्र समापन गरिएको थियो। हरेक साधारणसभामा पहिले उद्घाटन सत्र हुने गरेकोमा प्रमुख अतिथि दिनेश श्रेष्ठको व्यस्तताको कारण समय दिन नसकेपछि दोस्रो सत्रमा मात्रै कार्यक्रम उद्घाटन गरिएको थियो। प्रमुख अतिथिको आगमनसंगै टाटा मोटर्सको दुई मोडलका गाडीहरूको पनि प्रदर्शन गरिएको थियोे। नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य, भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ, ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछो, नेपाल उद्योग बाणिज्य संघ बागमती प्रदेसका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, उपाध्यक्ष दुर्गाराज श्रेष्ठ, नेपाल वितरक संघका सल्लाहाकार सन्तोष पाण्डे, नेपाल खाद्य थोक किराना संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठ लगायत अतिथिका रूपमा उपस्थिति रहेको थियो। नेपाल वितरक संघका सचिव नवराज दाहालद्वारा भद्र र शालीन रूपमा संचालित कार्यक्रमका बीच संघको आधिकारिक वेब साइटको पनि उद्घाटन गरिएको थियोे। त्यसै कार्यक्रममा २०५८ सालमा महत्वपूर्ण भूमिका निर्वाह गरि नेपाल वितरक संघ स्थापना गर्ने संस्थापक अध्यक्ष गोपाल रिजाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। उक्त साधारणसभा बोल्दै प्रमुख अतिथि श्रेष्ठले व्यवसायीहरु बीच एकता भएमा मात्रै व्यवसाय फस्टाउन सक्ने बताएका थिए। नेपाल उद्योग वाणिज्य महासंघले सदैव व्यवसाय र उद्योगी व्यवसायीको हितमा आवाज उठाउँदै आएको र आउँदा दिनहरूमा पनि अझै उद्योग व्यवसायको लागि आवश्यक पर्ने कच्चापदार्थ आयातमा लाग्दै आएको भन्सारमा केहि छुट र मूल्य अभिवृद्धि करको दर पनि व्यवसाय अनुरुप छुट्टयाउन सरकारलाई अनुरोध गरिरहेको श्रेष्ठले बताए।
प्रकाशित भएको : March 7th, 2021

सम्वन्धित समाचारहरु