• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


गगन थापाले गरे हस्पिटल उद्घाटन


नेपाली अपडेट
सोमवार, फाल्गुन २४, २०७७
 

काठमाडौं, सोमवार २४ फाल्गुन

“सर्वसुलभ उपचार हाम्रो पहिचान, स्वस्थ नागरिक हाम्रो अभियान” नारासहित स्थापित २५ बेडको विशिष्ट विशेषज्ञ सेवासहितको फ्रेण्डशिप कम्यूनिटी हस्पिटलको पूर्व स्वास्थ्य मन्त्री माननीय गगन कुमार थापाले एक कार्यक्रमका बीच रिबन काटेर उद्घाटन गरेकाछन्।

काठमाडौं महानगरपालिका वडा नं.-४,धुम्बराही, सुकेधारामा स्थापना गरिएको हस्पिटलको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले पर्याप्त मात्रामा सरकारी अस्पतालले बिरामीलाई सेवा दिन नसक्दा, जटिल स्वास्थअवस्था हुँदा आईसियुको लागि अस्पतालमा डाक्टरहरुलाई भनसुन गर्नुपर्ने बाध्यता, समयमा बिरामीले उपचार नपाउँदा निम्न देखि मध्यम वर्गका बिरामीहरु उपचारको लागि बाध्य भएर प्राइभेट अस्पताल जानुपरेको वास्तविकतालाई उजागर गर्दै यस्तो प्रकारको समस्या केही हदसम्म भएपनि निराकरण गरि बिरामीहरुलाई सामुदायिक अस्पतालले सेवा दिएको बताएका थिए। वरपरका अस्पतालहरुको भिडमा फ्रेन्डसीप कम्यूनिटी हस्पिटलले गुणस्तरीय सेवा सुबिधा प्रदान गर्न सफल हुने विश्वास व्यक्त गरेका थिए।

फ्रेण्डशिप कम्यूनिटि हस्पिटलले आजदेखि शुरु गरेको ६ वटा बिशेषज्ञ बहिरंग सेवा (ओपिडी) पनि सुरु गरेको छ। हस्पिटलले निम्न र मध्यम वर्गीय बिरामीहरुलाई लक्षित गरि शुरु गरिएको सेवाहरु बिशेषज्ञ बहिरंग (ओपिडी) सेवा, बिशेषज्ञ अन्तरंग सेवा, आकस्मिक सेवा (ईमर्जेन्सी), जनरल/बिशेषज्ञ सर्जरी सेवा, स्त्री रोग बिशेषज्ञ सेवा, बालरोग बिशेषज्ञ सेवा, हाडजोर्नी तथा नशा सम्बन्धि बिशेषज्ञ सेवा, गुणस्तरीय प्रयोगशाला सेवा, रेडियोलोजि एक्स रे, औषधि सेवा (फार्मेसी) पूर्ण शरीर जाँच , परिवार नियोजन तथा मातृशिसु स्वास्थ सेवा, स्वास्थ्य शिविर संचालन, खोप, यौन रोग उपचार सेवा २४ सै घन्टा उपलब्ध हुनेछन्।

अन्तिम पटक अपडेट गरिएको : March 9th, 2021,

सम्वन्धित समाचारहरु