• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


कसरी ब्यूँतिएला अर्कैको नाममा दर्ता भइसकेका नेकपा एमाले र माओवादी केन्द्र ?


नेपाली अपडेट
सोमवार, फाल्गुन २४, २०७७
 
काठमाडौं, सोमवार २४ फाल्गुन काठमाडाै। सर्वोच्च अदालतले सत्तारूढ नेकपाको एकीकरण खारेज गर्दै पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र ब्यूँताउने आदेश दिएसँगै दुवै दल अस्तित्वमा आएका छन्। तर, निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र नामका दुई पार्टी अर्कैको नाममा दर्ता भइसकेका छन्। तर, सर्वोच्चको सो फैसलासँगै अर्कै व्यक्तिको नाममा दर्ता भएको भनिएको एमाले र माओवादी केन्द्र उनीहरूले नपाउने भएका छन्। दुई पार्टी एमाले र माओवादी केन्द्र खारेज गरेको घोषणा गर्दै पार्टी एकीकरण गर्दै नेकपा दल गठन गरेका थिए। खाली रहेको सो पार्टीको नाममा निर्वाचन आयोगमा सन्ध्या तिवारीले आफ्नो नाममा नेकपा (एमाले) दर्ता गरेकी थिइन् भने माओवादी केन्द्रको नाममा गोपाल किराँतीले दल दर्ता गरेका थिए। अहिले सो पार्टी अस्तित्वमा रहेका छन्। निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको सूचीमा १२५ औं स्थानमा माओवादी केन्द्र र १३२ औं स्थानमा एमाले दर्ता छन्। तर, उनीहरूको नाममा रहेको दर्ता भने स्वतः खारेज भई केपी शर्मा ओलीको अध्यक्षता रहेको एमाले र पुष्पकमल दाहालको अध्यक्षतामा रहेको माओवादी केन्द्रले नै स्वतः मान्यता पाउने निर्वाचन आयोगले जनाएको छ।
प्रकाशित भएको : March 8th, 2021

सम्वन्धित समाचारहरु