• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


माधव नेपालले एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्ने


नेपाली अपडेट
सोमवार, फाल्गुन २४, २०७७
 
काठमाडौं, सोमवार २४ फाल्गुन पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अब नेकपा एमालेका सांसद भएका छन्। उनी एमालेका वरिष्ठ नेता पनि हुन्। कानुनी रुपमा एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि नेपाल अप्ठ्यारोमा परेका छन्। उनको साथमा रहेका सांसदहरु पनि अलमलमा परेका छन्। एमालेभित्र नेपाल अल्पमतमा छन्। उनीसँग पार्टी अलग गर्नका लागि आवश्यक ४० प्रतिशत सांसद संख्या पनि पुग्दैन। त्यसैले उनी एमालेमै बसेर संघर्ष गर्ने अवस्थामा पुगेका छन्। माधव नेपालले तत्काल केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने रणनीतिक कदम चाल्ने बुझिएको छ। उनी अहिले पनि ओलीको बर्हिगमनमा लागेका छन्। सत्ताबाट ओलीलाई हटाएपछि एमालेभित्रै शक्ति वृद्धि हुने नेपाल पक्षकोे बुझाई छ। अहिले ओलीलाई हटाउन सिधै लाग्दा संसदीय दलको विधान बमोजिम ह्वीप विरुद्ध जाँदा सांसद पद नै गुम्न पुग्छ। त्यो चुनौती पनि नेपालसँग छ। तर, अविश्वासको प्रस्ताव आउँदा नेपाल पक्षले साथ नदिए ओली स्वतः सरकारबाट हट्न वाध्य हुन्छन्। अब नेपाल पक्षले रणनीतिक चार्तुयता देखाएर ओलीलाई सत्ताबाट हटाउने निश्चितप्रायः छ।
प्रकाशित भएको : March 8th, 2021

सम्वन्धित समाचारहरु