• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


विप्लव आज कपिलवस्तुमा


नेपाली अपडेट
सोमवार, फाल्गुन २४, २०७७
 

काठमाडौं, सोमवार २४ फाल्गुन

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द आज कपिलवस्तु पुगेका छन्। उनी पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रममा पुगेका हुन्।

१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कपिलवस्तुको शिवगढीमा आयोजना हुने अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसका लागि उनी काठमाडौंबाट आइतबार बाहिरिएका हुन्।

२० फागुनमा विप्लव सार्वजनिक भएका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेपछि राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा भएको शान्ति सम्झौतामा सहभागिता जनाएका थिए। उनले गृहमन्त्री रामबहादुर थापा बादलसँग पनि भेटेका थिए।

नख्खु कारागारमा पुगेर शनिबार पुगेर आफ्नो पार्टीका नेता हेमन्तप्रकाश ओली सुदर्शनसँग भेटेका थिए। विप्लवले पार्टीका काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुसँग पनि भेटघाट गरेका थिए।

प्रकाशित भएको : March 8th, 2021

सम्वन्धित समाचारहरु