
सोमवार, फाल्गुन २४, २०७७
काठमाडौं, सोमवार २४ फाल्गुन सर्वोच्च अदालतको हिजोको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि अप्ठ्यारोमा परेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नयाँ रणनीतिका साथ बढेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब उनको गर या मरको राजनीतिक लडाईं शुरु भएको छ। नेपालले नेकपा एमाले फुटाउने सम्मको तयारी गरेका छन्। त्यसका लागि उनले हिजो राति अबेरसम्म परामर्श गरेका छन्। आज पनि आफ्नो समूहको छुट्टै बैठक डाकेका छन्। नेपाललाई प्रधानमन्त्री बन्नका लागि प्रस्तावहरु आएपछि उनी उत्साही भएको बुझिएको छ। हिजोसम्म निराश भएका नेपाल आज एकाएक उत्साही भएका हुन्।
प्रकाशित भएको : March 8th, 2021