• शनिबार, अशोज ९, २०७८
  • | September 25, 2021


अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बूढानीलकण्ठ नगरपालिकामा कार्यक्रम


नेपाली अपडेट
सोमवार, फाल्गुन २४, २०७७
 
काठमाडौं, सोमवार २४ फाल्गुन १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बूढानीलकण्ठ नगरपालिकामा पनि कार्यक्रम आयोजना गरि मनाईएको छ। “महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” भन्ने मुल नारासहित नगरपालिका महिला तथा बालबालिका विकास महाशाखाको सक्रियतामा कार्यक्रम आयोजना गरिएको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री विमला वि.क.को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरका प्राय सबै वडाका महिलाहरूको सहभागिता रहेको थियो। नगरपालिकाकै प्राङ्गणमा आयोजित कार्यक्रममा बागमति प्रदेश सभा सदस्य सिता लामा, संविधान सभा सदस्य शान्ति अधिकारी, मानव अधिकार आयोग सदस्य लिलि थापा, सि.एन.एन. हिरो पुष्पा बस्नेत, बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्दव प्रसाद खरेल, उपप्रमुख रमादेवि राई, नगर सल्लाहकार सुन्दर पुर्कुटि, नगरपालिकाका १३ वटै वडाका वडा अध्यक्षहरु, वडा सदस्य, नगर कमिटि सदस्य, प्रमुख प्रसाशकिय अधिकृत बैकुण्ठ सापकोटा, प्रसाशकिय अधिकृत जयराम गजुरेल, नगरपालिका हरेक शाखाका कर्मचारी, विभिन्न राजनितिक दलका प्रतिनिधी लगायत महिला समाजसेवि, महिला सञ्जाल, महिला समुह, एकल महिला समुहका प्रतिनिधीहरुको राम्रै उपस्थिति रहेको थियो। कार्यक्रममा कलाकार रोमा न्यौपानेले एउटा खुट्टाले नृत्य गरेर उपस्थितहरुलाई मनोरञ्जन दिनुको साथै महिलाले चाहने हो भने शारीरिक रूपमा पूर्ण नभएपनि जुनसुकै कामगर्न सक्षम छन् भन्ने संदेश दिएकी थिइन्। ऋतु बास्तोला कविता वाचन गरेकी थिइन्। त्यस्तै कर्मशिल महिला अभियानका सदस्य महिलाहरुले महिला हितमा अघि सरि कर्मगर्न नै कर्मशिल महिला अभियानको स्थापना भएको भन्ने गीत प्रस्तुत गरेका थिए।
प्रकाशित भएको : March 8th, 2021

सम्वन्धित समाचारहरु