• आइतवार, माघ ९, २०७८
  • | January 23, 2022


कपन स्पोर्ट्स सेन्टरद्वारा प्रिति राई सम्मानित


नेपाली अपडेट
मङ्लबार, फाल्गुन २५, २०७७
 
काठमाडौं, मंगलवार २५ फाल्गुन १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर काठमाडौंको कप अन स्पोर्ट्स सेन्टरले युवा महिला खेलाडी प्रिती राईलाई नगद रु ५,००० – पाँचहजार सहित सम्मान पत्रले सम्मान गरेको छ। स्पोर्ट्स सेन्टरको परिसरमा आयोजित कार्यक्रममा राईलाई सेन्टरका अध्यक्ष नविन पाण्डे, टर्किस एरलायन्सका प्रमुख कार्यकारी अब्दुल्लाह तथा फुटबल प्रशिक्षक लि समेतले सम्मानित गरेका हुन्। कार्यक्रमा कपअन स्पोर्ट्स सेन्टरका कार्यकारी प्रमुख अधिकृत बद्रि भट्टराईले बुढानिलकण्ठ भित्रका धेरै प्रतिभाहरु मध्येका एक प्रिती राईलाई केहि दिन अघि सम्पन्न उपमेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको र युवा खेलाडीका रुपमा उनको खेलकौशलताको सम्मान गर्दै महिला दिवसको अवसर पारेर उनलाई कदर गरिएको बताएका छन्। स्पोर्ट्स सेन्टरका अध्यक्ष तथा फुटबल विश्लेषक नविन पाण्डेले खेलाडीहरुको उर्जालाई कायम गराईराख्न यस्ता प्रोत्साहनका कार्यहरु गरिराख्नु पर्ने बताए।
प्रकाशित भएको : March 9th, 2021

सम्वन्धित समाचारहरु