
मङ्लबार, फाल्गुन २५, २०७७
काठमाडौं, मंगलवार २५ फाल्गुन निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ताको प्रकाशन भएको सूचना राजपत्रबाट खारेज गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसला बमोजिम नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरण भई बनेको नेकपा दल दर्ताको प्रकाशन भएको सूचना राजपत्रबाट खारेज गर्ने निर्णय गरेको हो। आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रलाई अलग राजनीतिक दल रहेको व्यहोरा जानकारी समेत गराउने निर्णय गरेको छ। निर्णय बमोजिम नेकपा एमाले र माओवादी केन्द्र आयोगमा पुरानै दर्ताको अवस्था कायम हुनेछ। सर्वोच्चको फैसलामा टेकेर आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेकपा एकीकरण गर्ने भएमा नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थिति हुन जानकारी गराउने निर्णय गरेको छ।
प्रकाशित भएको : March 9th, 2021