
मङ्लबार, फाल्गुन २५, २०७७
काठमाडौं, मंगलवार २५ फाल्गुन फेरी एकपटक कपुर परिवारबाट नराम्रो समाचार बाहिरिएको छ। ऋषि कपुरका छोरा बलिउड अभिनेता रणबीर कपुरको स्वास्थ्यमा समस्या आएको छ। दैनिक जागरणको अनुसार रणबीर बिरामी भएको उनकै काका रणधीर कपुरले जानकारी दिएका हुन्। उनले रणबीर कपुर कोरोना संक्रमित भएको र हाल क्वारिन्टाइनमा भएको जानकारी दिएका हुन्। कुराकानीको क्रममा रणधीर कपुरले रणबीरलाई कसरी संक्रमण भयो भन्दै आश्चर्यमा परेको बताएका छन्। केही समय अगाडी रणवीरको आमा नीतु कपुर पनि कोरोना संक्रमित भएकी थिइन्। नीतु फिल्मको शुटिङको क्रममा संक्रमित भएको बताएकी थिइन्।
प्रकाशित भएको : March 9th, 2021