
मङ्लबार, फाल्गुन २५, २०७७
काठमाडौं, मंगलवार २५ फाल्गुन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता सुरु भएको छ। देउवालाई भेट्न प्रचण्ड देउवा बुढानिलकण्ठ पुगेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल गर्न उनी देउवा निवास पुगेको बुझिएको छ। आजमात्रै नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भएको थियो। त्यसकै लागि प्रचण्ड आज देउवा निवास पुगेको बुझिएको छ।
प्रकाशित भएको : March 9th, 2021