• आइतवार, चैत्र २९, २०७७
  • | April 11, 2021


ओली नै केही समय सत्तामा, प्रधानमन्त्रीको दौड लामो दूरीको हुने


नेपाली अपडेट
बुधबार, फाल्गुन २६, २०७७
 
काठमाडौं, बुधवार २६ फाल्गुन प्रमुख राजनीतिक दलहरुबीच सत्ता समिकरण नमिल्दा प्रधानमन्त्री केपी शर्मा ओली केही समय अझै सत्तामा रहने निश्चितप्रायः भएको छ। माओवादी केन्द्रले अझै ओलीलाई दिइआएको समर्थन फिर्ता लिएको छैन। उसले फिर्ता लिनुअघि सत्ता समिकरणको टुंगो लगाउन खोजेको छ। नेकपा एमालेका अध्यक्ष रहेका प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। यसबाट उनी कम्तिमा एक महिना सत्तामै रहने निश्चित छ। अहिलेसम्म प्रमुख दलहरुले सत्ता समिकरणको टुंगो लगाउन सकेका छैनन्। ओली जनता समाजवादी पार्टीलाई साथमा लिएर सत्ता जोगाउने रणनीतिमा पुगेका छन्। तर, जसपाको पनि आफ्नो दाबी छ। ओलीबाहेकको सरकार बनाउन नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिल्नुपर्छ। तर, ती दलबाट को प्रधानमन्त्रीको उम्मेदवार हुने भन्ने प्रश्न उठ्न सक्छ। काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका नेताहरु महन्थ ठाकुर र डा. बाबुराम भट्टराई प्रधानमन्त्रीको दौडमा छन्। प्रचण्ड, देउवा या बाबुराममध्येबाट एकलाई साथ दिन तयार छन्। तर, काँग्रेस र जसपाबीच कुरा मिल्न सकेको छैन। जसपाभित्र पनि महन्थ ठाकुर र उपेन्द्र यादव–बाबुराम भट्टराईबीच कुरा मिल्न कठिन छ। यी दुई अलग धारमा हिंड्न थालिसकेका छन्।
प्रकाशित भएको : March 10th, 2021

सम्वन्धित समाचारहरु