• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


भागरथी हत्या प्रकरणका अभियुक्त दिनेश भट्टलाई सुधारगृह पठाइने


नेपाली अपडेट
बुधबार, फाल्गुन २६, २०७७
 
काठमाडौं, बुधवार २६ फाल्गुन भागरथी भट्टको बलात्कारपछि हत्याका अभियुक्त दिनेश भट्टलाई सुधार गृह लगिने भएको छ। अदालतको आदेशपछि उनलाई र्पुपक्षका लागि सुधारगृह पठाइने भएको हो। बैतडीको दोगडाकेदार गाउँपालिका(७ का किशोरलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएपछि त्यसको कार्यान्वयन गरिने भएको हो। ७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेका दिनेश भट्ट १८ वर्षभन्दा कम उमेरको भएकाले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिइएको हो। कशोरलाई सरकारी वकिल कार्यालयले मङ्गलबार अदालत बुझाएको थियो। थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको हो। किशोरलाई आजै डोटीमा रहेको सुधारगृह पठाइँदैछ। गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा मृत फेला परेकी थिइन्। प्रहरीले घटनाको अनुसन्धानपछि किशोरलाई फागुन ४ गते नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरीले जिल्ला अदालतबाट चार पटक ५–५ दिनका लागि म्याद थप गरेर थप अनुसन्धान गरेको थियो। किशोरले यसअघिनै आफूले बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकार गरिसकेका छन्।
प्रकाशित भएको : March 10th, 2021

सम्वन्धित समाचारहरु