• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


सहज संसद सञ्चालनका लागि सभामुख परामर्शमा


नेपाली अपडेट
बुधबार, फाल्गुन २६, २०७७
 
काठमाडौं, बुधवार २६ फाल्गुन गत आइतबार कार्याव्यवस्था परामर्श समितिको बैठक नबोलाएको भन्दै रुष्ट बनेका दलहरुसँग सभामुख अग्नि सापकोटाले परामर्श थालेका छन्। प्रतिनिधिसभाको आज (बुधबार)को बैठक सहजरुपमा सञ्चालन गर्न सभामुख सापकोटा अनौपचारिक छलफलमा जुटेको उनको निजी सचिवालयले जानकारी दिएको छ। एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी सहित दलका नेताहरुसँग उनले परामर्श गर्दै छन्। आजको बैठकमा चारै दलका प्रमुख नेताहरुलाई बोल्न समय छुट्याएर सहजै संसच सञ्चालन गर्ने सभामुखको तयारी रहेको छ। आजको कार्यसूचीमा केही अध्यादेश सहित दिवंगत सांसदहरुप्रति श्रद्धाञ्जली समावेश छ।
प्रकाशित भएको : March 10th, 2021

सम्वन्धित समाचारहरु